एन. पि.घायलको ‘गजल’

Nirmal poudel
लोकपाटी न्यूज

जरै काटेर बोटको यहाँ फल कसरी फलाउँछन ?
लज्जा१खरानी बेच्नलाई आफ्नै घर जलाउँछन।।

घामले नि पोल्न थाल्यो रुखहरु रुख ढाल्दै गए।
औजारहरु खियाले खायो अब क्यारी पलाउँछन ? ?

कुर्चिमाथी बस्न खोज्दा नाङ्गै देखीसक्यो हेर्नुस् ।
बा धोती पेटीकोटले सरकार कसरी चलाउँछन ? ?

यो मुग्लानी प्रथाको कहिले अन्त्य हुन्छ मालिक ?
देश बनाउने युवाहरू प्रदेशमै ज्यान थलाउँछन।।

नलगाउनु तिमीले छुरा जस्ता नजर कोही लाई।
मान्छे घायल बनाउँछन गलाउँछन ढलाउँछन।।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्