काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैकिङ समयसम्म रहेको छ।
कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री ल्याएको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ। शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतमको लागि हुने हद नलाग्ने कम्पनीले बताएको छ।
बोलपत्र जेठ ३१ गते अपरान्ह ३ बजे एनआइविएल एस क्यापिटल लाजिम्पाटमा खोलिने छ।विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ।



लोकपाटी न्यूज

