काठमाडौं। सिभिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुनिल कुमार पोखरेललाई नियुक्त गरेको छ।
बिहीवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गर्ने निर्णय भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ। कम्पनीले आगामी असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष सम्मका लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय पोखरेलसँग नेपाल तथा विदेशको बैंकमा काम गरेको अनुभव छ। पोखरेलले बैंकिङ करिअरको सुरुवात तत्कालिन ग्रिण्डलेज (स्ट्यान्डर्ड चार्टर्ड)बाट गरेका थिए।
उनीसँग एनआईसी एशिया र नबिल बैंकमा समेत काम गरेको अनुभव छ। सिभिलमा आउनु अगाडि पोखरेल म्यानमारमा रहेको बैंकमा कार्यरत थिए।



लोकपाटी न्यूज

