काठमाडौं। एमालेको माधवकुमार नेपाल समूहका १७ भ्रातृ संगठनका प्रतिनिधिहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि विधानविपरीत गरेका निर्णय खारेजयोग्य रहेको बताएका छन्।
उनीहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए विद्रोह गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने चेतावनी दिएका छन्। संयुक्त विज्ञप्तिमा ओलीले गरेका अवैधानिक कार्य खारेज गरी पार्टीलाई पुरानै अवस्थामा फर्काइए आफूहरू अहिले पनि एकताबद्ध एमालेकै पक्षमा रहेको बताएका उल्लेख गरेका छन्।
ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले संघीय लोकतान्त्रिक व्यवस्था र संविधान गुम्ने खतरा पैदा भएको तथा पार्टी विधानविपरीत गरिएका स्वेच्छाचारी निर्णयले एमाले र कम्युनिष्ट आन्दोलन संकटमा परेको विज्ञप्तिमा उल्लेख छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/06/Joint-Press-Statement-of-CPN-UML-mass-organization-1-1.pdf”]



लोकपाटी न्यूज

