काठमाण्डाै। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएकाे छ। ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले पनि यादवको नाम हटाउन आयोगलाई पत्र पठाएका हुन्।
ठाकुरले निर्वाचन आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानअनुसार अनुशासन कारबाही भइ साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ। पत्रमा दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोधसमेत गरिएको छ। यसअघि आजै उपेन्द्र यादव पक्षले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरिएको व्यहोरासहितको पत्र निर्वाचन आयोगमा पठाएको थियो।
एक-अर्को पक्षलाई निष्कासन गर्ने होडबाजीसँगै जसपा विभाजनको अन्तिम बिन्दुमा पुगेको छ।




लोकपाटी न्यूज

