सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् हेरफेरको तयारी

लोकपाटी न्यूज

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन्।

सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी मन्त्री नियुक्त गर्ने तयारी भएको बताइएको छ।

खड्कालाई आजै एमालेले प्रमुख सचेतक बनाएको थियो। एमाले विवादकाबीच सरकारमा सामेल हुन लागेको हो। त्यस्तै र चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री बन्ने चर्चा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्