बेड खाली भए/नभएको जानकारी दिने वेभ पोर्टल

लोकपाटी न्यूज

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा बेड खाली भए, नभएको अब अनलाइनबाटै जानकारी लिन पाइने व्यवस्था मिलाएको छ। अस्पतालहरुमा आइसोलेशन, आईसीयू, भेन्टिलेटर खाली भएको वा नभएको कोरोनाभाइरस कोभिड–१९ बारे वेबसाइटबाट जानकारी पाउन सकिनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा कोरोनाभाइरस कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याइएको https://covid19.mohp.gov.np/hospital/covid_hospital.html मा हेर्न सकिन्छ। देशभरका सरकारी तथा निजी १ सय ५७ अस्पतालमा कोभिडको उपचार गरिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्