काेराेना भाइरसकाे टाइमलाइनबारे जान्नैपर्ने कुराहरू

Corona_Virus
लोकपाटी न्यूज

काठमाडाैँ।  विश्वभर कोरोनाभाइरस (कोभिड–१९) को महामारी शुरू भएको साढे एक वर्ष भइसकेको छ। भाइरसकाे बारेमा सुरुमा जति त्रास थियो त्यो नयाँ भेरियन्टको साथमा झन भयावह देखियको छ। तर अहिले कोरोनाबारे आजको दिनमा हाम्रो बुझाइ राम्रो बन्दै गएकाे छ।
अहिले  हामीले कोरोना भाइरस के हो र संक्रमणका कारण मानव शरीरमा के कस्तो जटिलता उत्पन्न हुनसक्छ र दैनिक कस्तो सुरक्षा मापदण्ड अपनाउने भन्ने कुरा धेरै सन्चारका माध्यम बाट थाह पाइसकेका छौ।

तरपनि  हामीलाई थाहा हुँदैन कि कुन बिरामीको स्वास्थ्य बिग्रिएर भेन्टिलेटरमा जान्छ र कुन बिरामि जाँदैन? आम नागरिकसंग यो पत्ता लगाउने कुनै उपाय नहुने हुँदा कोरोना संक्रमण भएपछि के हुन्छ भन्ने जान्न अत्यन्तै जरूरी छ। श्वासप्रश्वासको माध्यमबाट भाइरस हाम्रो शरीरमा प्रवेश भय पश्चात त्यो हाम्रो कोषिकाभित्र जान्छ र त्यो हाम्रै कोषिकाको अंश बन्न पुग्छ। बुझ्नुपर्ने कुरा के हो भने यो बेलामा औषधिले पनि काम गर्दैन। किनकि यो चरणमा भाइरसलाई नभयर हाम्रै शरीरको कोषिका हरुलाई मार्नुपर्छ। कोषिकालाई मार्नु भनेको घर जलाएर आगो ताप्नु जस्तै हो।

सबैलाई जानाकारी होस कि कोरोना भाइरसको हामीसँग कुनै पनि औषधि छैन। भाइरस एक पटक शरीरमा प्रवेश गरेपछि दुई/चार/आठ गर्दै छोटो समयमा लाखौं भाइरस बनाउँछ। एक वा दुई दिनमा संक्रमित कोषमा लाखौं भाइरस बन्न सक्छ। यदि घाँटीमा भाइरस बस्यो भने त्यहीं करोडौं भाइरस बन्छ। घाँटी खसखसाउन थाल्छ, खोकी लाग्छ, हाम्रो शरीरमा भएको रोग प्रतिरोधी क्षमताले भाइरस आयो भन्ने थाहा पाउँछ। अनि हाम्रो शरीरले एन्टिबडी बनाउँदै त्यसविरुद्ध लड्न थाल्छ।

यो सामान्य प्रक्रिया हो, हाम्रो शरीरलाई आक्रमण गर्ने कुनै पनि भाइरसलाई औषधिले नभई हाम्रो शरीरको आफ्नै प्रतिरोधी क्षमताले मात्र हराउन सक्छ भन्ने सबैले बुझ्न जरुरी छ। यो प्रक्रिया सामान्य रुघाखोकीमा पनि लागू हुन्छ र अन्य भाइरल रोगमा पनि लागू हुन्छ। कोरोनाको हकमा हाम्रो शरीरमा भाइरस प्रवेश गरेको तेस्रो/चौथो दिन भाइरसहरू उल्लेख्य संख्यामा बनेका हुन्छन् र हाम्रो शरीरमा एन्टिबडी पनि पर्याप्त मात्रामा हुन्छ। त्यसपछि यी दुईको बीचमा लडाइँ शुरु हुन्छ र यो लडाइँको क्रममा हाम्रो रगतमा साइटोकिन्स नामक रसायन उत्पन्न हुन पुग्दछ।

यो रसायनका कारण हाम्रो शरीरको तापमान बढ्छ,मांसपेशी दुख्ने, शरीर चिलाउने खोकी लाग्ने जस्ता समस्या पनि देखिन थाल्छ साथै घाँटीमा संक्रमण भएको छ भने घाँटी सुन्निन्छ किनकि घाँटीमा अत्यधिक भाइरस हुन्छ। यी सबै कुरा हाम्रो शरीरमा ठूलो मात्रामा कोरोना भाइरस देखिएको र शरीरको प्रतिरक्षा प्रणालीसँग लडिरहेको अवस्थामा देखिएको परिणाम हो।

अब हामिले संक्रमण शुरू भएको दिन कसरी पत्ता लगाउने भन्ने जान्नु अति आबाश्यक छ। भाइरसको इन्कुबेसन अवधि अर्थात् भाइरस हाम्रो शरीरमा प्रवेश गरेदेखि पहिलो लक्षण देखिंदासम्मको औसत अवधि करीब पाँच दिनको हुन्छ। यसमा दुई दिन अघिपछि हुन सक्ला तर अहिले कोरोना संक्रमण बढिरहेको अवस्थामा कसैले पनि कहाँबाट संक्रमण आफूमा सरेको हो भन्ने थाहा पाउन सकिदैन।

पहिलो लहरका बेला अधिकांश मानिसलाई आफू विवाह पार्टी, कुनै जमघट वा अन्य स्थानमा गएकाले संक्रमण भएको थाहा हुन्थ्यो तर अहिलेको महामारीमा भने कसैले पनि कहाँबाट भाइरस आयो भनेर यकिन गर्न गाह्रो भयको छ। त्यसैले इन्कुबेसन अवधि अर्थात् कुन दिन हाम्रो शरीरमा भाइरस सर्‍यो भनेर यकिनसाथ भन्न सकिने अबस्था रहदैन। अहिले इन्कुबेसन अवधिलाई एकातिर राखौं र आफूमा पहिलो लक्षण कहिले देखियो भन्नेमा ध्यान दियौं। पहिलो लक्षण देखिंदा हामीलाई घाँटी खसखसाउने,खोकी लाग्ने,ज्वरो आउने,जीउ चिलाउने,टाउको दुख्ने वा कहिलेकाहीं पखाला चल्ने जस्ता समस्या देखिन सक्छ। उपरोक्त कुनै वा सबै लक्षण पनि देखिन सक्छन।

यसरी लक्षण देखिएको दिनलाई हामिले कोरोना संक्रमणको कारण आफूलाई लक्षण देखिएको पहिलो दिन हो भनेर बुझ्नुपर्ने हुन्छ। धेरै मानिसलाई तपाईंले पहिलो लक्षण के थियो भनेर सोध्दा अधिकांशले आफूलाई सबैभन्दा धेरै दुःख दिएको लक्षण मात्र ख्याल गर्छन्। सबैभन्दा दुःख दिने किसिमको लक्षण देखिएको दिनलाई नै आफ्नो पहिलो लक्षण मान्छन्। कसै कसैले भन्छन् मलाई गत साता लक्षण देखिएको थियो। तर हरेक साना लक्षणलाई ध्यान दिनु जरूरी हुन्छ र पहिलो लक्षण देखिएको समयको गणना सही हुनु जरूरी छ। सातामा नभई दिनकै हिसाबले गणना गर्नुपर्छ।

लक्षण देखिएको दिन कुन हो भन्ने कुरा एक वा दुई दिन तल–माथि पर्दा हामिले कोरोनालाई सजिलै जित्ने कि भेन्टिलेटरमा पुग्ने भन्ने कुराको निर्धारण गर्दछ। घाँटी दुःखेको दिन सामान्य ज्वरो आउन सक्छ। भोलिपल्ट ज्वरो अलि बढी हुन्छ र तेस्रो दिन पनि यो कायम रहन्छ । तर, चौथो दिन भने ज्वरो घटेर ९९ वा ९८.४ फरेनहाइटमा आउन सक्छ। यो मानव शरीरको सामान्य तापमान नै हो। नेपालमा ८० प्रतिशत संक्रमितहरूमा यो नै संक्रमणको अन्तिम अवस्था हो। कोरोनाबाट संक्रमित हुने ८० प्रतिशत मानिसमा निकै सामान्य लक्षण मात्र देखिन्छ तथा जुन लक्षणहरू तीनदेखि चार दिनसम्ममा हराएर जान्छ र उनीहरू निको हुन्छन्। तर कोरोना संक्रमण भएका १० देखि १५ प्रतिशत वा २० प्रतिशतसम्म मानिसमा गम्भीर असर देखिन्छ। -उनीहरूमा संक्रमण भएको ५ दिनपछि नयाँ मोड आउनुको साथै गम्भीर लक्षणका संकेतहरू देखापर्न थाल्दछ।

यस्तो अवस्थामा निको भइसकेको ज्वरो पुनःफर्कने,ज्वरो नरोकिई जारी रहने र सुक्खा खोकी पनि देखिन सक्छ। कोरोना संक्रमण गम्भीर वा घातक बन्दै गइरहेको भनेर चेतावनी दिने तीन प्रमुख संकेतहरूमध्ये एउटा ज्वरो हो र ज्वरो बढ्दै गएको छ वा पहिला ज्वरो थिएन तर ज्वरो आयो र यो ज्वरो पनि १०० डिग्रीभन्दा धेरै पनि हुनसक्छ । खतराको अर्को लक्षण छाती दुख्ने वा श्वासप्रश्वासमा समस्या हुनु हो। तेस्रो लक्षण सुक्खा खोकी लाग्नु हो र यसले पनि हामिलाई गाह्रो बनाउन सक्छ। हामिलाइ जब दोस्रोपटकको जोखिमपूर्ण लक्षण देखिन थाल्छ, यस्तोमा तपाईंले यो लक्षण भाइरसको कारण देखिएको होइन भन्ने बुझ्नु जरूरी हुन्छ।

धेरै मानिसलाई भाइरसको कारण निमोनिया हुन्छ भन्ने लाग्छ। शुरुमा कोरोना महामारी फैलिंदा गरिएको सबैभन्दा ठूलो गल्ती यही थियो।एक्सरे गरेर हेर्दा पनि यो निमोनिया जस्तै देखिन्छ तर इटाली मा गरिएको पोस्ट्मार्टमको रिपोर्ट ले त्यो निमोनिया नभै रक्तनलिमा रगत जमेर देखिने कुरा प्रमाणित भैसकेको छ।
कोरोना संक्रमण को जोखिमपुर्ण चरण:-

भाइरसको सतहमा निकै पातलो प्रोटिन हुन्छ जसलाई हाम्रो शरीरको एन्टिबडिले चिन्दछ र आक्रमण गर्न थाल्दछ। यहाँनेर गम्भीर खत्रा के हुन्छ भने हाम्रो शरीरमा केही कोषको बनावट भाइरस जस्तै देखिने हुँदा हाम्रै शरीरको एन्टिबडिले हाम्रै कोष विरुद्ध आक्रमण गर्दछ। आक्रमणमा पर्ने कोषहरु फोक्सो र रक्तनलिमा हुने हुँदा स्वासप्रस्वास मा बाधा पुग्दछ र रगतमा अक्सिजनको मात्रा कम हुन पुग्दछ। कोरोना सन्क्रमित यदि दम,सुगर र मृगौला सम्बन्धिका दृघरोगी छन भने स्थिति अझै जटिल बन्दछ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्