यी हुन् ओली सरकारमा जाने मन्त्रीहरु (सूचिसहित)

rajendra-mahantha_ pic
लोकपाटी न्यूज

काठमाडौ। केपी शर्मा ओली नेतृत्वमा जान जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष तयार भएको छ।

राजेन्द्र महतोको नेतृत्वमा जसपा ओली सरकारमा सहभागी हुन तयार भएको हो। आफूहरुले उठाएको सबै माग सम्बोधन भएपछि ठाकुर पक्ष सरकारमा सहभागी हुन राजी भएको हो। प्रधानमन्त्री ओली जसपालाई आठ मन्त्रालय दिन तयार भएको बताइएको छ। तर मन्त्रालयको भने अझै टुङ्गो लागेको छैन। यसअघि सर्वोच्च अदालतको आदेशमा पूर्व माओवादीका मन्त्रीहरु पदमुक्त भएपछि सात मन्त्रालय खाली छन्। सम्भवतः तिनै मन्त्रालयहरु जसपाले पाउनेछन्। तर प्रधानमन्त्री ओलीले गृहमन्त्रालय भने जसपालाई नदिने मनस्थिति बनाएको स्रोतको भनाइ छ।

जसपाले महतोसँगै शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, एकवाल मियाँ, उमाशंकर अरगरिया र विमल श्रीवास्तवलाई सरकारमा पठाउने योजना बनाएको एक नेताले बताए। उनले भने हामीले महतोजीलाई गृहमन्त्रालयको जिम्मेवारी दिनुपर्ने माग गरेका छौं । तर ओलीजीले मान्नुभएको छैन। गृहमन्त्रालय नपाए पनि ढिलोमा शुक्रबारसम्म शपथ ग्रहण भइसक्ने गरी जसपाले मन्त्रीहरु पठाउने ठाकुर निकट एक नेताले बताए।