राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेलगत्तै बाेलाइयाे मन्त्रिपरिषद् आकस्मिक बैठक

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ। राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

मन्त्रिपरिषद् बैठक रातको १२ बजेसम्म बसेको छैन। तर बैठक बोलाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए। राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न नसकिने जानकारी विज्ञप्ति मार्फत् दिएको थियो।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै १४९ जना सांसदहरुको हस्ताक्षर बुझाइएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दावी पेश गरेका थिए। ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ जनाले आफूलाई समर्थन गर्न पत्र पेश गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्