राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दाबी नपुगेको ठहर

bidhyadevi bhandari
लोकपाटी न्यूज

काठमाडाैँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन्।

दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिएकी छन्।

प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले दावी पेश गरेको भए पनि विश्वासको मत लिने ठोस आधारहरु नपुगेका कारण खारेज गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

शुक्रबार राति विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यलयले भनेको छ, ‘संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधार बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरुको दाबी नपुगेको देखिएकोले प्रधामन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्