प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता जारी

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ। शीतल निवासमा साढे ७ बजेदेखि भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।

मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउन प्रधानमन्त्री ओली शीतल निवास पुगेको बताइएको छ। यसैबीच, सरकारले संसद् अधिवेशन आह्वान गर्ने तयारी पनि गरेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नीति तथा कार्यक्रमअगावै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने छलफल पनि भइरहेको बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत प्राप्त नगरी सरकारले बजेट ल्याउन नमिल्ने बताइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्