पछिल्लाे २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त

लोकपाटी न्यूज

काठमाडाैँ। पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन्। पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जानकारी दिएको छ।

यस्तै २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ। यस्तै भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ रहेको पनि मन्त्रालयले जनाएको छ।

त्यस्तै  पछिल्लो २४ घण्टामा काठमाडौंमा २३४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ भने ललितपुरमा ७ हजार र भक्तपुरमा ५ हजारमाथि रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्