काठमाडौं। छिमेकी देश भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको औषधी तयार पारेको दाबी गरेको छ।
भारतको रक्षा मन्त्रालयले आइतवार (हिजो) ट्वीट गर्दै त्यसबारेमा जानकारी गराएको हाे। साथै आज (सोमवार) उक्त औषधी सार्वजनिक गर्ने समेत जानकारी दिएको छ। भारतमा कोभिड-१९ विरुद्धको पहिलो औषधि मानिएको उक्त खोप रक्षामन्त्री राजनाथ सिंहले सार्वजनिक गर्नेछन्। उक्त औषधिको नाम २-डीजी दिइएको छ।
औषधी भारतको रक्षा अनुसन्धान र विकास संगठनद्वारा बनाइएको हो। यो औषधीलाई भारतले आपतकालिन प्रयोगको लागि अनुमती दिएको छ।




लोकपाटी न्यूज

