नबिल आइ कार्डका लागी वेबसाइटमार्फत् निवेदन दिन सकिने

लोकपाटी न्यूज

काठमाडौं। नबिल बैंकले वेबसाइटमार्फत् नबिल आइ कार्डका लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ। यो सुविधामार्फत बैंकमा खाता भएका ग्राहकले वेबसाइटमा नबिल आइ कार्ड सेक्सनमा ‘अप्लाइ नाउ’ विकल्प छानेर निवेदन दिन सक्नेछन्।

ग्राहकले निवेदन दिएपछि बैंकको कुनै पनि शाखाबाट कार्ड लिन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कार्डमा सोधिने प्रश्नहरु वेबसाइटको समान खण्डमा रहेको बैंकले जनाएको छ। बैंकका अनुसार थप जानकारीका लाग ग्राहक सेवा केन्द्र ०१ ५९७००१५ मा सम्पर्क गर्न सकिनेछ।