पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

लोकपाटी न्यूज

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ९७१ जनाको पीसीआर परीक्षण र ५७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ९३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जनामा गरी कुल २ हजार ९३७ जना थपिएको जानकारी दिएका हुन्।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ३४९ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।नेपालमा थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १८७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन्। योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्