काठमाडौं। एनएमबी बैंकले निक्षेप तथा कर्जा तर्फ नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले तोकेको नयाँ ब्याजदर अनुसार निक्षेप तर्फ न्यूनतम २ प्रतिशत देखी अधिकतम ७ प्रतिशत सम्म ब्याज प्रदान गर्ने छ। यस्तै बैंकले कर्जा तर्फको पनि ब्याजदर तोकेको छ। कर्जा तर्फ बैंकले बेस रेटमा २ प्रतिशत देखी ५ प्रतिशत ब्याज तोकेको छ । फिक्स ब्याजदर तर्फ बैंकले १३.९९ प्रतिशत सम्म ब्याज लिने छ।
यस्तै नयाँ ब्याजदर तोक्नेमा प्राइम कमर्सियल बैंक पनि रहेको छ। बैंकले निक्षेप तर्फ २.७६ प्रतिशत देखी ७.७६ प्रतिशत सम्म ब्याजदर तोकेको छ भने कर्जा तर्फ बेस रेटमा ४ प्रतिशत देखी ६.९९ प्रतिशत ब्याजदर रहेको छ। अहिले बैंकको ७.१४ प्रतिशत बेस रेट रहेको छ। यता मेघा बैंक नेपालले पनि निक्षेप तथा कर्जाको नयाँ ब्याजदर तोकेको छ । बैंकको निक्षेप तर्फ २.२५ प्रतिशत देखी ७.२५ प्रतिशत ब्याजदर तोकेको छ। कर्जा तर्फ बैंकले बेस रेटमा ५ प्रतिशत सम्म ब्याज लिने छ। अहिले बैंकको बेस रेट ७.५९ प्रतिशत रहेको छ।
यसैगरी लक्ष्मी बैंकले निक्षेपमा २.५० प्रतिशत देखी ७.५० प्रतिशत र कर्जा तर्फ बेस रेटमा ५ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले फिक्स ब्याजदर तर्फ १४.४९ प्रतिशत सम्म ब्याज लिने छ। नयाँ ब्याजदर तोक्नेमा नविल बैंक पनि रहेको छ। बैंकले निक्षेपमा १.५० प्रतिशत देखी ६.५१ प्रतिशत ब्याज तोकेको छ। कर्जा तर्फ बेस रेटमा ६ प्रतिशत सम्म ब्याज लिने छ। अहिले बैंकको बेस रेट ६.१८ प्रतिशत रहेको छ।
यता कुमारी बैंकले पनि नयाँ ब्याजदर तोकेको छ। बैंकको निक्षेपमा १.७५ प्रतिशत देखी ६.५० प्रतिशत सम्म ब्याजदर प्रदान गर्ने छ भने कर्जा तर्फ बेस रेटमा ७ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले तेकेको बेस रेट ७.६३ प्रतिशत रहेको छ । सिद्धार्थ बैंकले पनि निक्षप तथा कर्जामा नयाँ ब्याजदर तोकेको छ । बैंकको निक्षेप तर्फ न्यनतम २ प्रतिशत र अधिकतम ७ प्रतिशत ब्याज प्रदान गर्ने छ। बैंकले कर्जा तर्फ बेस रेटमा अधिकतम ५ प्रतिशत ब्याज तोकेको छ।
यस्तै नेपाल एसबिआई बैंकले निक्षेप तर्फ न्यनतम २.५५ र अधिकतम ७.५५ प्रतिशत सम्म ब्याजदर तोकेको छ भने कर्जा तर्फ बेस रेटमा अधिकतम ५ प्रतिशत सम्म ब्याज लिने छ। फिक्स ब्याजदर अन्र्तगत बैंकले १४.५० प्रतिशत सम्म ब्याज लिने छ। यता सनराइज बैंकले निक्षेप तर्फ न्यनतम २ प्रतिशत देखी अधिकतम ७ प्रतिशत सम्म ब्याज प्रदान गर्ने छ । कर्जा तर्फ बेस रेटमा ६ प्रतिशत ब्याज लिने छ भने क्रडिट कार्डमा २ प्रतिशत प्रति महिना ब्याज लिने छ। बैंकको बेस रेट ७.२३ प्रतिशत रहेको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा न्यनतम ३ प्रतिशत देखी ७.२५ प्रतिशत सम्म ब्याजदर प्रदान गर्ने छ।



लोकपाटी न्यूज

