८ अर्ब १८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

nepal-rastra-bank
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले ८ अर्ब १८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुनेछ। बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल २०७८ साल श्रावण २६ गते परिपक्क हुनेछ।

बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २३ गते परिपक्क हुनेछ। त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब ८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ।