राधी विद्युत कम्पनीकाे नाफा ६ कराेडभन्दा बढि

लोकपाटी न्यूज

काठमाडौं। राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। नाफा गत वर्षको भन्दा ९.१८% ले बढी हो। गत वर्ष यसले ५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो। यता, कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी भने १२ करोड १६ लाख रुपैयाँबाट घटेर ११ करोड ४७ लाख रुपैयाँमा झरेको छ।

राधीले अन्य स्रोतबाट गर्ने आम्दानी भने २ लाख ७२ हजार रुपैयाँबाट बढाएर २५ लाख ४७ हजार रुपैयाँ पुर्याएको छ। हाल राधीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८५ पैसा छ। गत वर्ष प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ३४ पैसा रहेको थियो।