एनआइसी एसिया बैंकको स्वामित्वका दुई कम्पनिकाे सेयर लिलामी भर्ने आज अन्तिम दिन

लोकपाटी न्यूज

काठमाडौं। एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्स र नागरिक लगानी कोषको सेयर लिलामी भर्ने आज (वैशाख २४ गते) अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। एनआइसी एसियाले वैशाख १९ गतेबाट नेसनल लाइफ इन्सुरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामीमा ल्याएको हो।

लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १३ सय ४७ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ४४३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन्। दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ।