एनएमबी बैंकले थप सहज बनायो बिमा भुक्तानी

लोकपाटी न्यूज

काठमाडाैँ। एनएमबी बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरु विरुद्ध प्रदान गरिने बिमा दावी भुक्तानी दुर्घटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ। सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१,०३,८४१.०० रुपैयाँ विमा दाबी भुक्तानी भईसकेको बैँकले जनाएको छ।

बैंकले उक्त भुक्तानीे ईन्स्युरेन्स पार्टनर शिखर ईन्स्युरेन्स मार्फत गरेको हो। बैंकले ग्राहकलाई उच्च विमा कभरेज र भविश्यका अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ। बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड को साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको जनाएको छ।

साथै सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, कार्ड १० लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको बताएको छ। एनएमबी बैंकले हाल देशभरि १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू रहेका छन्।