काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौँ बाहिर रहेका आफ्ना सांसदलाई काठमाडौँ आउन निर्देशन दिएको छ। २७ वैशाखका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवशेन आह्वान गरेको अवस्थामा आफ्ना सांसदहरूलाई काठमाडौंमै बस्न निर्देशन दिएको हो।
दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ। त्यस्तै काठमाडौँमा रहेकाहरूलाई पनि बाहिर नजान भनिएको अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जनाएको छ। जसपामा सरकारलाई समथर्न गर्ने कि नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरुलाई फोन गरी बोलाइएको हो।



लोकपाटी न्यूज

