नबिल बैंक र युनाइटेड फाइनान्सबीच सम्झौता

लोकपाटी न्यूज

काठमाडौं। नबिल बैंकले युनाइटेड फाइनान्ससँग सम्झौता गरेको छ। बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ।

बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। युनाइटेड फाइनान्स प्राप्तिपछि नवील बैंकको प्रमुख कार्यकारी अधिकृत र सबै संचालक अहिलेकै कायम रहने समेत समझदारी बनेको बैंकले जनाएको छ।

बैंकको अनुसार युनाइटेड फाइनान्स प्राप्तिपछि बैंकको सिईओ र सबै संचालक अहिलेकै कायम रहने समेत सम्झौता भएको हो। बैंक र युनाइटेड फाइनान्सको स्वापरेसियो १००ः३५ कायम भएको छ।