काठमाडाैँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा जाने र अत्यन्तै जरुरी कार्य बाहेकको कामका लागि सवारी पास दिन बन्द गरेकाे छ। अनावश्यक कामका लागि अत्यावश्यक भन्दै सवारी पास माग बढेकाे भन्दै प्रशासनले यस्ताे निर्णय गरेकाे हाे।
अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी माग बढिरहेकाले आजदेखि सवारी पास नै बन्द गरिएको जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, बीमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थाका कर्मचारीहरू, एयरपोर्टमा जाने–आउने यात्रुहरूको हकमा सवारी पास आवश्यक नपर्ने प्रशासनले जनाएको छ।
यस्तो अवस्थामा कहीँ कतैबाट अवरोध तथा असहयोग भएमा नेपाल प्रहरीको १०० र १०३ मा सम्पर्क गर्न सबैमा अनुरोध गरिएको छ।




लोकपाटी न्यूज

