जसपा सांसदकाे ‘युटर्न’पछि ढल्नबाट जोगियाे लुम्बिनी प्रदेश सरकार

लोकपाटी न्यूज

काठमाडाैँ। लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरु राजीनामा दिएको केही घण्टाभित्र नै जसपामा ४ जना सांसदहरुले मन्त्री पद पाएका छन्। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।यससँगै लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी सत्तामा पुगेको छ।

सोमबार सवा १ बजे मात्रै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध माओवादी, कांग्रेस र जसपासहितका ४१ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर अविश्वास प्रस्ताव दर्ता भएको २ घण्टा नबित्दै जसपाका ३ जना सांसदहरु ‘यू टर्न’ भएपछि मुख्यमन्त्री पोखरेलको सरकार ढल्नबाट जोगिएको हाे।

प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ अहिले गराएका छन्। एक राज्यमन्त्रीसहित ४ जना मन्त्री पद पाएपछि जसपा शंकर पोखरेलको नेतृत्वमा सरकारमा गएको छ।

आज नियुक्त भएका मन्त्रीहरूमा सामाजिक विकास मन्त्रालयको जिम्मा कल्पना पाण्डेय, कृषि मन्त्रालयको जिम्मा विजयबहादुर यादव, शिक्षा तथा सामाजिक विकास मन्त्री भूमि व्यवस्था, पूर्वाधारमा सन्तोष पाण्डे छन् रहेका छन् । सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथग्रहण गराएका थिए भने राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेले सपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्