काठमाडौं। कामना सेवा विकास बैंकको नाफा १७२ प्रतिशतले बढेको छ। बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको कुल नाफा ५८ करोड ६१ लाख ५६ हजार ३८५ रुपैयाँ नाफा आर्जन गरेकोमा गत आवको सोही अवधिमा बैंकले २१ करोड ५४ लाख ९० हजार ४८० रुपैयाँ नाफा कमाएको थियो।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको चुक्तापुँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३२ रुपैयाँ छ। बैंकले यस अवधिमा निक्षेप ३९ अर्ब २४ करोड ७२ लाख ११ हजार २१ रुपैयाँ संकलन गरेको छ भने कर्जा प्रवाह ३६ अर्ब ५५ करोड ६६ लाख ६२ हजार ७४० रुपैयाँ गरेको छ।
बैंकले ४० करोड ५२ लाख ४ हजार ७४२ रुपैयाँ प्रोभिजनिङ गरेको छ भने रिजर्भमा ७७ करोड ६८ लाख ५३ हजार ४०२ रुपैयाँ छ।



लोकपाटी न्यूज

