मत ‘क्रस’ भएपछि एमालेले बोलायो संसदीय दलको बैठक

uml
लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेपाल-खनाल पक्षका चार जना सांसदहरुलाई कारबाही नेकपा प्रदेश कमिटीको संसदीय दलको बैठक बसेको छ। अन्तिम समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले साथ दिने निर्णय गरेपछि शाहीले विश्वासको मत लिने निर्णय गरेका थिए।

शाहीको पक्षमा २२ जना र विपक्षमा १७ जनाले हस्ताक्षर गरेका छन्। शुक्रबार संसदमा उपस्थित ३७ जना सांसदमध्ये माओवादीका १२, नेपाली कांग्रेसका ६ जना र नेकपा एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका नन्दसिंह बुढा, प्रकाश ज्वाला, कुर्मराज शाही र अमर थापाले पनि शाहीको पक्षमा हस्ताक्षर गरेका छन्। बुढा, ज्वाला, शाही र कुर्मीमाथि कारबाही गर्न एमाले प्रदेश संसदीय दलको बैठक शुक्रबार साँझ नै बसेको हो। बैठकले पहिले विश्वासको मत दिएर पछि फिर्ता लिएकी देवी ओलीलाई पनि कारवाही गर्ने भएको छ।

नेकपा एमालेका तीन जना मन्त्रीले राजिनामा दिएपछि शाही आफैले प्रदेश संसदबाट विश्वासको मत लिने निर्णय गरेका थिए। एमाले मन्त्रीको राजीनामासँगै प्रदेश सरकार अल्पमतमा परेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्