काठमाडौं। प्राइम कमर्सियल बैंकको ऋणपत्र चैत २६ गते बाँडफाँट भएको छ। कम्पनीले रितपूर्वक आवेदन दिने लगानीकर्ताको माग बमोजिम नै ऋणपत्र बाँडफाँट गरेको जानकारी दिएको छ। कम्पनीले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म ८ वर्ष अवधिको ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्कासन गरेको हो।
कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।निष्कासन गरेको कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री खुला गरेको हो।
साथै, व्यक्तिगत तवरतर्फका आवेदकको खण्डित अवधिको व्याज रकम फिर्ता चैत ३० गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाएकोले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न समेत कम्पनीले अनुरोध गरेको छ। कम्पनीको विक्री प्रवन्धकमा आरविवि मर्चोण्ट बैंकिङ लिमिटेड रहेको छ।



लोकपाटी न्यूज

