कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

लोकपाटी न्यूज

का‍ठमाडाैँ। कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृति भएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिएका एमालेका तीन मन्त्रीहरु प्रकाश ज्वाला, दल रावल र नन्दसिं बुढाको राजीनामा स्वीकृत गरेका हुन्।

मुख्यमन्त्री शाहीले उनीहरुले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा हाल कायम रहेकै मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका छन्। जसअनुसार आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी तथा भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका तर्फबाट मन्त्री बनेका तीन जनाले मंगलबार राजीनामा बुझाएका थिए। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन्। जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्