काठमाडौं। नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ। मंगलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन्।
अब धुम्बराही तरकारी तथा फलफूल केन्दमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन्। क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्बराही तरकारी तथा फलफूल केन्द्रका कार्यकारी सदस्यहरु एवं बिक्री केन्द्रका व्यवसायीहरुको उपस्थिति थियो।



लोकपाटी न्यूज

