राजीनामा कहिले टुंगो लागिसकेको छैन : मन्त्री रावल

लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मन्त्री पदबाट राजीनामा दिन आफूहरु तयारको बताएका छन्। एमाले संसदीय दल कर्णालीको बुधबार बसेको बैठकले प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

कर्णाली सरकारमा एमालेबाट प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढा मन्त्री छन्। मन्त्री रावलले दलको निर्णय अनुसार आफूहरु राजीनामा दिन तयार रहेको बताएका हुन्। तर राजीनामा कहिले दिने भन्ने निश्चित नरहेको उनले बताए। एमालेले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय यसअघि नै गरिसकेको थियो।

तर माधव समूहले भने समर्थन कायमै रहेको बताएको थियो। आइतबार नेपाल-खनाल समूहसहित बसेको संसदीय दलको बैठकले एमालेका मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय गरेपछि शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ।

कर्णालीका प्रदेश प्रमुख गोविन्द कलौनीले मुख्यमन्त्री शाहीलाई सरकार अल्पमतमा परेको जनाउ दिँदै विश्वासको मत लिन पत्र काटिसकेका छन्। शाहीले आफूले विश्वासको मत जित्ने दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्