काठमाडौं। नेपाल हाइड्रो डेभलोपरको १२,१३ र १४ औं साधारण सभा मंगलवार हुने भएको छ।
कम्पनीले सभा रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजे हुने जानकारी दिएको छ। सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै सभाले तीन ओटा आव २०७४/ ७५,२०७५/ ७६ र आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ। गत चैत २ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्।



लोकपाटी न्यूज

