चितवनमा भिडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

chitwan prasasan
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा कोरोना (कोभिड(१९) को जोखिम बढेको भन्दै चितवनमा उच्च सतर्कता अपनाउन जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र चितवनले आग्रह गरेको छ।

केन्द्रका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सोमबार विज्ञप्ती जारी गर्दै जिल्लामा उच्च शतर्कता अपनाउन आग्रह गरेका हुन्।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै जाँदा जिल्लामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको छ। जिल्लामा सभा,जुलुस,¥याली,भेला,जमघट,गोष्टी जस्ता कार्यक्रम नगर्न भनिएको छ।

यस्तै प्रशासनले भौतिक दूरी कायम गर्न तथा मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न पनि आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होली पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्