लाेकसेवा आयाेगकाे परिक्षा स्थगित

लोकपाटी न्यूज

काठमाडौँ। लोकसेवा आयोगले खरिदारको दोस्रो चरणको परीक्षा स्थगित गरेको छ। आउँदो वैशाख ६ गतेदेखि १० गतेसम्मका लागि तोकिएको परिक्षा स्थगित गरिएको हो। आयोगले वैशाख ११ गतेका लागि तोकिएको परिक्षासमेत स्थगित गरेको जनाएको छ।

आयोगबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षा कार्यक्रम र सोही पदको मिति २०७८ बैशाख ११ गते सञ्चालन हुने गरी तोकिएको दोस्रो चरणको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्