साइन रेसुङ्गा विकास बैंकको एकसाथ ५ नयाँ शाखा सञ्चालनमा

लोकपाटी न्यूज

काठमाडाैँ। राजधानी काठमाडौंमा साइन रेसुङ्गा विकास बैंकको ५ वटा नयाँ शाखा एकसाथ सञ्चालनमा आएको छ। आइतबार राजधानीको नयाँ बानेश्वर, न्युरोड,कलंकी, गोंगबु र महाराजगञ्जमा एकैपटक बैंकको नयाँ सञ्चालनमा आएको हो।

प्रदेश नम्बर ५ को रुपन्देही, बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गाले आज विशेष समारोहको आयोजना गर्दै बैंकले राजधानीका ५ स्थानमा नयाँ शाखा विस्तार गरिएको घोषणा गरेको छ। शाखा विस्तार घोषणा गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले मोफसलको रुपमा रहेर बैंकिङ कार्य गरिरहेको साइन रेसुङ्गाले अब संघीय राजधानी काठमाडौंसँग नेटवर्क विस्तार गर्दै राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताए।

सो अवसरमा बैंकको संस्थापक अध्यक्ष समेत रहेका पौडेलले विगत १२ अघि बैंकको सुरुवातको संघर्षको समय स्मरण गर्दै १२ वर्षपछि राष्ट्रियस्तरको विकास बैंक हुन पाउँदा खुशी व्यक्त गर्दै आफ्ना बैंकका सेयर धनी, सेवाग्राही तथा कर्मचारीहरुलाई धन्यवाद दिए। समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंकको अटुट १२ वर्षे यात्रामा साइन रेसुङ्गाले ठूलो आरोह अवरोह पार गर्दै अन्ततः राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाउन सफल भएको बताए।

हाल बैंकको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने, कुल निक्षेप लगानी ३३ अर्ब रहको र ३० अर्ब बराबरको कर्जा लगानी रहेको बैंकले जनाएको छ । हालै मात्र विस्तार भएको बैंकको काठमाडौंका ५ नयाँ शाखासहित देशैभरी ८० शाखा विस्तार भएका छन् भने, बैंकको सेवाग्राही (ग्राहक) ४ लाख बढी पुगिसकेको सीईओ पौडेलले जानकारी दिए।