यस्ताे छ भाेलीकाे प्रतिनिधिसभा बैठककाे सम्भावित कार्यसूची

लोकपाटी न्यूज

काठमाडौँ। सरकारका तर्फबाट ‘बिजनेस’ नदिएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक पनि औपचारिकतामा सीमित हुने भएको छ। सोमबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलले संसदलाई बिजनेस नदिने संकेत गरेको हो। मंगलबार १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।

संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममको सूचीमा बैठकको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूको मनोनयन र संविधान सभा सदस्य दिनेशचन्द्र यादवको शोक प्रस्ताव पारित हुने भएको छ।

२०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार यादव बाँके क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत भएका यादवको गत १ माघमा ७५ वर्षको उमेरमा निधन भएको थियो। मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट ‘बिजनेस’ नदिएपछि बैठक औपचारिकतामा मात्र सीमित हुने भएको हो।

विघटन बदरपछि बसेको प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचीमा संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याइएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीले बेल घेराउ गरेका थिए।  १५ मिनेटका लागि स्थगित बैठक सूचना टाँस गरेर स्थगन गरिएको थियो। दोस्रो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको थियो।

यस्तो छ कार्यसूची

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्