जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच बालकुमारीमा छलफल जारी छ। ५ गते बस्ने कार्यकारणी समितिको बैठकका एजेन्डा तय गर्न जसपाको पाँच शीर्ष नेताबीच छलफल भइरहेको जसपाका एक नेताले जानकारी दिए।
ती नेताका अनुसार सत्ता समीकरणका विषयमा सामान्य छलफल भए पनि पार्टीको आन्तरिक विषयमा छलफलमा केन्द्रित हुने छ। छलफलमा जसपाका शीर्ष नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राई रहेका छन्।



लोकपाटी न्यूज

