काठमाडौँ। जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरू संसदीय दलको बैठकअघि छुट्टै छलफलमा बसेका छन् ।जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयको अर्को कक्षमा छुट्टै छलफल चलिरहेको हो ।
छलफलमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने अनुपस्थित छन्। शीर्ष नेताहरूको छलफल सकिएपछि संसदीय दलको बैठक बस्नेछ ।बैठकमा बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा भएका कुराबारे शीर्ष नेताले जानकारी गराउनेछन् । बिहीबार साँझ जसपाका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।
बैठकमा बिहीबार एमालेका अध्यक्ष ओलीसँगको छलफलमा भएका कुराबारे शीर्ष नेताले जानकारी गराउने बताइएकाे छ। बिहीबार साँझ जसपाका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।
पछिल्लो रानजीतिक घटनाक्रमसँगै सत्ताको प्रमुख निर्णायक शक्ति बन्न सक्ने जसपामा पछिल्लो समय सत्तामा जाने या नजाने विषयमा बहस सुरु भएको छ। जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले सत्ताको खेलमा लाग्न नहुने बताइरहँदा पार्टीको एक समूह भने सत्ता सहकार्यको छलफलमा व्यस्त छ। आजको बैठकमा सत्ता समीकरणबारे विशेष छलफल हुने जसपाका एक नेताले बताए।



लोकपाटी न्यूज

