काठमाडौँ। नेपाल राष्ट्र बैंकले महुली लघुवित्तको लाभांश स्वीकृत गरेको छ। राष्ट्र बैंकले कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने गरि लाभांश स्वीकृत गरेको हो।
कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनस शेयर र १.०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।सोहि प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो।
अब कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । गत वर्ष कम्पनीले ३१.५८% लाभांश दिएको थियो।



लोकपाटी न्यूज

