सानिमा बैंकको नयाँ शाखा काठमाडौंको कीर्तिपुरमा

Sanima Bank
लोकपाटी न्यूज

काठमाडौँ। सानिमा बैंक लिमिटेडले काठमाडौंको कीर्तिपुर (पाङ्गा दोबाटो)मा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। सो कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भयो।

उद्घाटन समारोहमा मह जोडीले कीर्तिपुरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटीएम सञ्चालनमा रहेका छन्।