काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई ११ दशमलव ०५ प्रतिशत लाभांश बाँड्ने भएको छ। आइतबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेकाे हो।
प्रस्तावअनुसार १० दशमलव ५० प्रतिशत बोनस सेयर र ० दशमलव ५५ प्रतिशत नगद लाभांश बाँड्नेछ। चैत १४ गते बस्ने साधारणसभाले यो प्रस्तावलाई पारित गरेपछि लघुवित्तले वितरण गर्नेछ।
समितिले चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।



लोकपाटी न्यूज

