संस्थापक शेयर लिलामीमा विक्री गर्दै कुमारी बैंक

लोकपाटी न्यूज

काठमाडौं। कुमारी बैंकले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ। कम्पनीले १२ जना संस्थापकहरुको कुल २ लाख २८ हजार ४०० कित्ता संस्थापक शेयर लिलाम बढाबढद्वारा विक्री गर्न लागेको हो।

उक्त संस्थापक शेयर कम्पनीकै कायम संस्थापकलाई पहिलो प्रथामिकता दिने भएकाले ३५ दिन भित्र हाल कायम संस्थापकहरुले आवेदन गर्न सक्नेछन्। उक्त अवधिभित्र संस्थापक लगानीकर्ताको आवेदन नपरेमा उक्त शेयर अन्य लगानीकर्तालाई विक्री गर्ने कम्पनीले बताएको छ।

इच्छुक संस्थापक लगानीकर्ताले विक्री प्रबन्धक कुमारी क्यापिटलमा बोलपत्र पेश गर्न सक्नेछन्।