काठमाडाैँ।आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ५० हजार बराबरको बोनस शेयर र ०.३७ प्रतिशतले हुन आउने ३९ लाख ८६ हजार ८ सय ४२ दशमलव ११ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ।



लोकपाटी न्यूज

