नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई पठायो लाभांश

लोकपाटी न्यूज

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई ५.५०५ नगद लाभांश बैंकमा खातामा पठाइदिएको छ । बैंकले पुस २१ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो। त्यस मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको बैंकले जानकारी गराएको छ।

नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न इन्भेष्टेमन्टले भनेको छ। अपडेट गरेपछि लाभांश पाइनेछ। इन्भेष्टमेन्ट बैंकको माघ ८ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३५ बोनस सेयर र ५.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ।