ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट

global-ime-bank
लोकपाटी न्यूज

ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट प्रदान गर्ने सम्झौता भएको छ। समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गर्नुभएको छ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना/पेय पदार्थमा १० प्रतिसत्सम्म छुट प्राप्त गर्नेछन्। आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा बैंकको २६८ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ।