सिभिल बैंकको बोनस शेयर मूल्य समायोजन

लोकपाटी न्यूज

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार सिभिल बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ। नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २१५ तोकेको छ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य २३२ को आधारमा शेयरमूल्य समायोजन भएको हो। कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

कम्पनीले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न फागुन ९ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आफ्नै केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा साधारण सभा बोलाएको हो।