काठमाडाैँ। प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्दश्रमशेर राणाबीच टकराब बढ्ने संकेत देखिएको छ ।
प्रधानमन्त्री र प्रधानन्यायाधीशको बेमेलका कारण मंगलबारका लागि बोलाइएको संवैधानिक परिषद बैठक बस्न सकेन। योसँगै अदालतमा सेटिङ मिलाएकाले सबै आफूले भनेकै हुने भन्दै गुट समूहको मनोबल बढाइरहेका प्रधानमन्त्री ओली प्रधानन्यायाधीशको अडानले झस्किएका छन्।
प्रधानमन्त्री ओलीले परिषदले यसअघि सिफारिस गरेका ११ संवैधानिक आयोगका तीन दर्जन सदस्य नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रयासमा बैठक डाकेका थिए । तर, अध्यादेशमार्फत परिषद ऐन संशोन गरी संसद विकटनकै दिन गत ५ पुसमा गरिएको सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । यस्तै सभामुख अग्नि सापकोटाले आफ्नो जानकारी बिना बैठक बसेको र संसद विघटन भएकाले संसदीय सुनुवाई हुन नक्ने भन्दै निर्णय परिषदमै फिर्ता पठाइदिएछि सिफारिस थप विवादमा परेको छ ।
संवैधानिक निकायमा सिफारिस गरिएकाहरुको ४५ दिनभित्र सुनुवाई नभए स्वतः नियुक्ति हुने कानूनी व्यवस्था छ । श्रोतका अनुसार संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा मुद्दाका विपक्षीले बोलाएको बैठकमा सहभागी हुन नमिल्ने तर्क गरेर प्रधानन्यायाधीश राणाले आफू सहभागी हुन नसक्ने जवाफ दिएका छन् । हाल उपसभामुन नभएका कारण परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख र राष्ट्रियसभा सदस्य मात्र छन् ।
प्रतिपक्षी दलका नेता देउवा र सभामुख अग्नि सापकोटा यसअघि नै परिषद बैठकमा अनुपस्थित रहँदै आएका थिए । प्रधानन्यायाधीशले पनि चिढिएपछि अब प्रधानमन्त्री ओली र राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिना मात्र बैठकका लागि तयार भएर निर्णय हुने अवस्था छैन । सरकारले सर्वसम्मत निर्णय हुनुपर्ने परिषदको ऐन संशोधन गरेर बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गरेको थियो । त्यसमा पनि प्रधानन्यायाधीश सहभागी नभएपछि बैठक कसेर निर्णय गर्ने सम्भावना छैन ।



लोकपाटी न्यूज

