कोरोना महामारीको कारण बैंक तथा वित्तीय संस्थाहरुले यो बर्ष सोचेअनुरुप कर्जा प्रवाह गर्न सकेनन् । बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सामान्य निक्षेप तथा फिक्स डिपोजिटमा दिने व्याजदर क्रमशः घटाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले लिने निक्षेपहरुमध्ये बचत निक्षेपको हिस्सा बढी नै रहेको हुन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले बचतमा दिने व्याजदर घट्दै आइरहेको छ ।
कुन बैंकको फिक्स डिपोजिटमा कति छ ब्याजदर ?
अगाडि कायम गरिएको ब्याजदरलाई संशोधन गर्दै वाणिज्य बैंकहरूले गत पुस १ गते मुद्दती निक्षेपमा नयाँ ब्याजदर लागू गरेका छन् । जसअनुसार, २७ वाणिज्य बैंकमध्ये नेपाल एसबीआई बैंकले मुद्दती निक्षेपमा एक वर्षसम्मको अवधिमा सबैभन्दा कम ब्याज दिने गरेको छ। कृषि विकास बैंकको फिक्स डिपोजिटमा यस बैंकले ७.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
बैंक अफ काठमाण्डूले ७ प्रतिशतसम्म, सेञ्चुरी बैंकले ७.५० प्रतिशतसम्म, सिटिजन्स बैंकले ७.५० प्रतिशतसम्म,सिभिल बैंकले ८ प्रतिशतसम्म ब्याज दिइरहेको छन्। एभरेष्ट बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म, ग्लोबल आईएमई बैंकले पनि फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म, हिमालयन बैंकले ७ प्रतिशतसम्म कुमारी बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म लक्ष्मी बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म, माछापुच्छ्रे बैंकले ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ।
त्यस्तै, मेगा बैंकले पनि फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ भने नबिल बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ। नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ६.२५ प्रतिशतसम्म, नेपाल बंगलादेश बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म, नेपाल बैंक लिमिटेडले ७ प्रतिशतसम्म, नेपाल इन्भेष्टमेन्टले ७ प्रतिशतसम्म,नेपाल एसबीआई बैंकले ५ प्रतिशतसम्म ब्याज दिइरहेको छन्।
एनआइसी एशिया बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म, एनएमबी बैंकले फिक्स डिपोजिटमा ७.२५ प्रतिशतसम्म, प्रभु बैकले ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ। त्यस्तै प्राइम कर्मशियल बैंकको फिक्स डिपोजिटमा ७।५० प्रतिशतसम्म ब्याज दिइरहेको छ। राष्ट्रिय वाणिज्य बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशत, सानिमा बैंकको ६.५० प्रतिशत, सिद्धार्थ बैंकले ७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ प्रतिशत, सनराइज बैंकले ७ प्रतिशतसम्म फिक्स डिपोजिटमा ब्याज दिइरहेको छन्।
वाणिज्य बैंकहरुको फिक्स डिपोजिटको बचतको व्याजदर हेर्दा औषतमा ६.८४ प्रतिशत रहेको देखिन्छ।



लोकपाटी न्यूज

