यस्तो छ बैंकहरुको दोस्रो त्रैमासमम्मकाे नाफाकाे अवस्था

लोकपाटी न्यूज

काठमाडौं। चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा बाणिज्य बैंकहरुको औषत नाफा ३.५३ प्रतिशतले घटेको छ । बैंकहरुले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २७ बाणिज्य बैंक सञ्चालनमा रहेका छन्। उनीहरुले दोस्रो त्रैमाससम्ममा ३१ अर्ब ७ करोड ३२ लाख ३२ हजार खुद नाफा कमाएका छन्। जुन गत आवको भन्दा १ अर्ब १३ करोेड ८४ लाखले कम हो। गत आवको सोही अवधीमा बाणिज्य बैंकहरुले रु। ३२ अर्ब २१ करोड १६ लाख ३६ हजार खुद नाफा कमाएका थिए।

बिशेषगरि कोरोना कहरको प्रभावका कारण बैंकहरुको औषत नाफा घटेको हो। कोरोना कहरका कारण गत आवको चौथो त्रैमासदेखि नै बैंकहरुको नाफा घट्दै आएको छ। तर, घट्ने दर भने कम हुदैं गएको छ। राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीहरुको साँवा तथा व्याज भुतानी गर्ने अवधी बढाईदिएको छ। फलस्वरुप बैंकहरुको मुख्य आम्दानीको स्रोत व्याज आम्दानी नै पुर्ण रुपमा हुन सकेको छैन। यस्तै, कोरोना कहरका कारण बैंकहरुले व्यवसायीक गतिविधि पनि राम्रोसँग गर्न सकेका छैनन् भने आर्थिक क्रियाकलाप त्यति भएका छैनन्।

त्यसका कारण पनि बैंकहरुको आम्दानी घट्दा नाफा घटेको हो। त्यसमाथि अहिले बैंकहरुले ठुलो मात्रामा लोनलस प्रोभिजनीङ गर्न परेको छ। त्यसको कारणले पनि नाफा घटेको बैंकरहरु बताउछन्। समिक्षा अवधीमा १० बैंकको मात्र नाफा बढेको छ भने १७ बैंकको नाफा घटेको छ। ग्लोबल आईएमई बैंकको ३७ प्रतिशत, एनआईसी एशिया बैंकको ३ प्रतिशत, प्राइम कमर्शियलको ३९ प्रतिशत, एनएमबीको ४७ प्रतिशत र प्रभु बैंकको ४० प्रतिशतले नाफा बढेको छ । मेगा बैंकको ३७ प्रतिशत, कुमारी बैंकको ५१ प्रतिशत, सनराइज बैंकको १ प्रतिशत, नेपाल बैंगलादेश बैंकको ३६ प्रतिशत र सिटिजन्स इन्टरनेशन बैंकको २७ प्रतिशतले नाफा बढेको सम्बन्धीत बैंकहरुको वित्तिय विवरणले देखाएको छ । यसका अलावा अन्य बैंकहरु नाफा घटेको छ।

नाफा कमाउने बिषयमा यो पटक ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा रहेको छ। उक्त बैंकले यस अवधीमा रु। २ अर्ब ३१ करोड ५१ लाख खुद नाफा कमाएको छ।
यस्तै, दोस्रो नम्बरमा रहेको एनआईसी एसिया बैंकले २ अर्ब ६ करोड नाफा कमाएको छ। नविल बैंकले २ अर्ब १ करोड नाफा कमाएर आफुलाई तेस्रो नम्बरमा कायम गरेको छ। यसका अलावा थप १० बैंकले १ अर्ब भन्दा माथि नाफा कमाएका छन्। अन्य बैंकको नाफा भने १ अर्ब भन्दा तल रहेको छ।