महालक्ष्मीको नाफा ३४ करोड ६८ लाख

लोकपाटी न्यूज

काठमाडौं। महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको भन्दा १३.६९ प्रतिशत धेरै हो। गत वर्ष बैंकले ३० करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६.०५ र १२.७१ प्रतिशतले बढेको छ।

गत वर्ष ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमासमा बढाएर ८४ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ। यस्तै, सञ्चालन नाफा पनि ४२ करोड ७० लाख रुपैयाँबाट बढाएर ४८ करोड १३ लाख पुर्याएको छ। यसको वितरणयोग्य नाफा १२ करोड ४७ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म महालक्ष्मीले ३६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २८ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चुक्ता पुँजी ३ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १ अर्ब ३२ करोड रुपैयाँ छ। रिटेन्ड अर्निङमा ७७ करोड ९७ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा भने २.७६ प्रतिशतबाट बढेर ४.७९ प्रतिशत भएको छ। यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३७ पैसा रहेको छ।